२०८१ बैशाख ३१
May 13, 2024, Monday

पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ ।पर्सा, कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेलापारी उनलाई पक्राउ गरेको हो ।


रौतहट, छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित बारा निजगढ नगरपालिका–९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीया मन्जु बराइलीलाई पक्राउ गरेको छ । प्रहरीले प्र.२–०३–००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।


यस्तै,झापा, पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।


धनुषा, औरही गाउँपालिका–५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका–१५ बस्ने ३६. वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् ।


प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका–४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


कञ्चनपुर, बेलौरी नगरपालिका–६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका–२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।


प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related News

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु
  • २०८१ बैशाख १६, आईतवार १६:२१ गते

मुगु । मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी...

कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
कुलतमा परेका १३ बेसबल खेलाडी हिरासतमा
  • २०८१ बैशाख १६, आईतवार १६:२१ गते

काठमाडौं । दक्षिण कोरियाका बेसबल खेलाडी कुलतका कारण कानूनी अनुसन्धानको उल्झनमा परेका छन् । त्यहाँका १३ पूर्व र केही वर्तमान...

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल
  • २०८१ बैशाख १६, आईतवार १६:२१ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल...

TOP