२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन् ।

प्रमुख बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

Related News

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई
  • २०८१ बैशाख १६, आईतवार १२:०३ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले...

सुनसान छ डाक्टर केसीको अनसनस्थल
सुनसान छ डाक्टर केसीको अनसनस्थल
  • २०८१ बैशाख १६, आईतवार १२:०३ गते

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार...

समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
  • २०८१ बैशाख १६, आईतवार १२:०३ गते

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन् । संसदीय छानविन...

TOP