२०८१ जेष्ठ १
May 14, 2024, Tuesday

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ । बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ ।६८ लाख ७८ हजार १६९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा थियो भने ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको थियो ।


आइतबार १३ मध्ये व्यापारबाहेक सबै उपसमूह बढेका छन् । सर्वाधिक ३.९८ प्रतिशतको बढोत्तरी देखिएको फाइानान्स उपसमूहले बजार परिसूचक उचालेको हो । सेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन् ।


१७९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।सेयरमूल्य बढ्नेमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, किसान लघुवित्तलगायत छन् ।


सेयर कारोबार धेरै हुनेमा पोखरा फाइनान्स अगाडि छ । उक्त कम्पनीको १३ करोड ५ लाखको सेयर किनबेच भएको छ । यस्तै मन्टिपर्पोज फाइनान्सको १० करोड ९ लाख, पिपुल्स पावरको ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य घट्नेमा रिभर फल्स पावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, गरिमा डिबेञ्चर–२०८५, छ्याङदी हाइड्रोपावरलगायत छन् ।

Related News

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०८१ बैशाख १६, आईतवार १६:३२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास
भारतको सहयोगमा बैतडीको पाटनमा विद्यालय भवन शिलान्यास
  • २०८१ बैशाख १६, आईतवार १६:३२ गते

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिएको छ...

कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै
  • २०८१ बैशाख १६, आईतवार १६:३२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले बिहीबार नै दलको बैठक राखेको थियो...

TOP