२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ । सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाईते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरु पनि जलेर नष्ट भएका छन् । यी स्थानहरुमा भने आगो नियन्त्रणमा आईसकेको छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार, यो अवधिको डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ । ६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आईनसकेको आचार्यले बताईन् ।

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भैरहेको उपसचिव आचार्यले नेपाल न्यूज बैंकसँग बताईन् ।

Related News

बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
बुध्दको शिक्षाले आफूलाई काम गर्न प्रेरणा मिलिरहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई
  • २०८१ बैशाख १७, सोमबार १३:३६ गते

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफूले बुद्धको शिक्षालाई सधैं मनमा राखेर देशका कामलाई सही ढंगले सञ्चालन गर्न...

सुनसान छ डाक्टर केसीको अनसनस्थल
सुनसान छ डाक्टर केसीको अनसनस्थल
  • २०८१ बैशाख १७, सोमबार १३:३६ गते

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार...

समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
समाचार टिप्पणीओलीको गलामा सयपत्रीको माला
  • २०८१ बैशाख १७, सोमबार १३:३६ गते

काठमाडौं । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन् । संसदीय छानविन...

TOP