२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी

लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन सोमबार समापन हुँदैछ । सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ ।


उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे।
उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।


नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रि असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।


यस सहकार्यले नेपालमा पीपीपी सम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पीपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुप कुमार उपाध्यायले बताए ।
वापका अध्यक्ष जियाद–अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीले रूपान्तरण ल्याएको उल्लेख गर्नुहुँदै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए ।


स्वीजरल्याण्डको जेनेभामा मुख्यालय रहेको वाप पीपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धन गर्ने गैरसरकारी संस्था हो । त्यस्तै, नाप नेपालका पीपीपी अभ्यासकर्ताहरूको संस्था हो ।


आजै, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाईनाबीच होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

Related News

इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
इजरायलमा मारिएका ६ जनाको शव घर पु¥याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
  • २०८१ बैशाख १७, सोमबार १३:५४ गते

काठमाडौं । सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परी मृत्यु भएका ६ जना नेपाली विद्यार्थीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म...

हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता
हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता
  • २०८१ बैशाख १७, सोमबार १३:५४ गते

समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ती...

आमाबाबु बन्दै जस्टिन र हेली
आमाबाबु बन्दै जस्टिन र हेली
  • २०८१ बैशाख १७, सोमबार १३:५४ गते

काठमाडौं । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो...

TOP