logo
  • २५ बैशाख २०८३, शुक्रबार | Fri, 08 May 2026
  • Dark Mode

          Subscribe

    स्याहारको झन्झट्ले सासूको हत्या, ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    स्याहारको झन्झट्ले सासूको हत्या, ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    प्यूठानमा सासूको हत्या आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन् । प्यारालाइसिस भएकी स्वर्गद्वारी नगरपालिका-६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा भेटिएकी थिइन् ।टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले घटनाबारे प्रतिवादी खुल्न नसकेकाले हालसम्म त्यसै राखिएको र अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता खुल्न आएपछि पक्राउ गरिएको बताए ।

    जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी लिई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको भट्टराईले बताए । सासू धनीकुमारी प्यारालाइसिसबाट थलिएपछि रेखदेख गर्नका झन्झट्ले बुहारीले हत्या गरेको प्रारम्भिक अनुसन्धानसहित प्रहरीले मुद्दा अघि बढाएको हो ।



    sancharchautari sancharchautari    
  • २५ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP