काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कफ्र्यू लागू गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म रहेको छ ।
प्रतिक्रिया