२०८१ बैशाख १५
April 27, 2024, Saturday

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

 काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो । “राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

Related News

कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै होःअध्यक्ष नेपाल
कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै होःअध्यक्ष नेपाल
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले, कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गरेका छन् ।शुक्रबार...

प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ...

नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

काठमाडौं, वैशाख १२ गते । नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई...

TOP