२०८१ बैशाख १६
April 28, 2024, Sunday

मनीषाले छिमेकीलाई समेत रिनमा डुबाएर फरार भएपछि…

मनीषाले छिमेकीलाई समेत रिनमा डुबाएर फरार भएपछि…

काठमाडौं । आफ्नै श्रीमानको ६८ लाख पैसा डुबाएर फरार भएकी श्रीमती मनीषा लो ले छिमेकी विवेक राईसँग पनि पैसा लिएको खुल्न आएको छ ।

खोटाङ घर भएका हाल ललितपुर सोभाहिटिमा बसोबास गर्ने विवेक राईकी श्रीमतीसँग एक हप्ताको लागि भनेर १ लाख ८५ हजार मनीषाले लिएको राईले बताए ।

हामीले यस अघि मनीषाले आफ्नै श्रीमान् राजु कुमार लोलाई ६८ लाख ऋण लगाएर ९ वर्षीय छोरा सहित फरार भएको समाचार प्रसारण गरेको थियौँ । त्यो समाचार र भिडियो देखेपछि मनीषा लोबाट पीडित विवेक राई गुनासो गर्दै हाम्रो कार्यक्रममा आएका थिए ।

एक हप्ताको लागि भनेर आइएमइ मार्फत १ लाख र ह्याड क्यास ८५ हजार लिएकी मनीषाले २ वर्ष बित्ती सक्दा पनि नदिएको र हाल फरार रहेको भन्दै राईले कार्यक्रम जन गुनासोको अन्तरवार्तामा सुनाए ।

प्रस्तोता कुशलभ केसीसँग कुरा गर्दै उनले भने “मेरो श्रीमती र मनीषाको राम्रो चिनजान थियो । हाम्रो पसल र डेरा नजिकै नै थियो । मनीषाले आवश्यक कामको लागि भनेर एक हप्ताको लागि पैसा मागेको थिइन । तर पैसा दिएको पनि २ वर्ष बित्ती सक्यो ।” पुरा भिडियो हेर्नुहोस्

Related News

श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी
श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ ।...

लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ ः प्रधानमन्त्री
लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ ः प्रधानमन्त्री
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन...

लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा
लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा...

TOP