२०८१ जेष्ठ २
May 15, 2024, Wednesday

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

इलाम । यही वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


विहीबार स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका छन् । क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ ।


मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।


निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् ।


छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Related News

चारसंसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने
चारसंसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने
  • २०८१ बैशाख १४, शुक्रबार १६:४८ गते

काठमाडौं । संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ।राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय...

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना
बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना
  • २०८१ बैशाख १४, शुक्रबार १६:४८ गते

बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु...

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
  • २०८१ बैशाख १४, शुक्रबार १६:४८ गते

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङ्गमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन् । प्रमुख आयुक्त...

TOP