२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना

बझाङ । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यायले जनाएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि रित्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंह लगायत उम्मेदवार छन् ।

Related News

चारसंसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने
चारसंसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने
  • २०८१ बैशाख १६, आईतवार १२:०८ गते

काठमाडौं । संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ।राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय...

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया
  • २०८१ बैशाख १६, आईतवार १२:०८ गते

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङ्गमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन् । प्रमुख आयुक्त...

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
  • २०८१ बैशाख १६, आईतवार १२:०८ गते

इलाम । यही वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।मतदानस्थलमा...

TOP