काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन् । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।
उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया