२०८१ जेष्ठ १
May 14, 2024, Tuesday

मनीषाले छिमेकीलाई समेत रिनमा डुबाएर फरार भएपछि…

मनीषाले छिमेकीलाई समेत रिनमा डुबाएर फरार भएपछि…

काठमाडौं । आफ्नै श्रीमानको ६८ लाख पैसा डुबाएर फरार भएकी श्रीमती मनीषा लो ले छिमेकी विवेक राईसँग पनि पैसा लिएको खुल्न आएको छ ।

खोटाङ घर भएका हाल ललितपुर सोभाहिटिमा बसोबास गर्ने विवेक राईकी श्रीमतीसँग एक हप्ताको लागि भनेर १ लाख ८५ हजार मनीषाले लिएको राईले बताए ।

हामीले यस अघि मनीषाले आफ्नै श्रीमान् राजु कुमार लोलाई ६८ लाख ऋण लगाएर ९ वर्षीय छोरा सहित फरार भएको समाचार प्रसारण गरेको थियौँ । त्यो समाचार र भिडियो देखेपछि मनीषा लोबाट पीडित विवेक राई गुनासो गर्दै हाम्रो कार्यक्रममा आएका थिए ।

एक हप्ताको लागि भनेर आइएमइ मार्फत १ लाख र ह्याड क्यास ८५ हजार लिएकी मनीषाले २ वर्ष बित्ती सक्दा पनि नदिएको र हाल फरार रहेको भन्दै राईले कार्यक्रम जन गुनासोको अन्तरवार्तामा सुनाए ।

प्रस्तोता कुशलभ केसीसँग कुरा गर्दै उनले भने “मेरो श्रीमती र मनीषाको राम्रो चिनजान थियो । हाम्रो पसल र डेरा नजिकै नै थियो । मनीषाले आवश्यक कामको लागि भनेर एक हप्ताको लागि पैसा मागेको थिइन । तर पैसा दिएको पनि २ वर्ष बित्ती सक्यो ।” पुरा भिडियो हेर्नुहोस्

Related News

कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
कांग्रेसले नाराबाजी गरेपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ ।बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक...

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।...

‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
‘कलाकारहरु कहिलसम्म अधिकारविहीन भएर बस्ने ?’
  • २०७९ भाद्र ७, मंगलवार १९:१२ गते

काठमाडौं । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका...

TOP