logo
  • २० बैशाख २०८३, आईतवार | Sun, 03 May 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ,२० वैशाखः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    sancharchautari sancharchautari    
  • २० बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP