२०८१ बैशाख १४
April 26, 2024, Friday

सकियो यस वर्षको मनसुन

सकियो यस वर्षको मनसुन

काठमाडौं,कार्तिक १
यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन शुक्रबारदेखि बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सकिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १०) नै मनसुन बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको विभागले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गतवर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

Related News

प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
  • २०७७ कार्तिक १, शनिबार ०९:४६ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७७ कार्तिक १, शनिबार ०९:४६ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७७ कार्तिक १, शनिबार ०९:४६ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

TOP