logo
  • ८ बैशाख २०८३, मंगलवार | Tue, 21 Apr 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने ‘सानु भाइ’ पक्राउ

    प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने ‘सानु भाइ’ पक्राउ

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बझाङ जिल्ला थलरा गाउँपालिका वडा नं. ४ घर भएका २० वर्षीय सानु भाइ भनिने साजन विष्टलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार विष्टले ‘सानु भाइ’ नामक फेसबुक अकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै पोस्ट गरेका थिए। सोही पोस्टमा उनले माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए।

    उनले काठमाडौँमा एके–४७ जस्ता अत्याधुनिक हतियार भित्रिसकेको र आफ्नो टिमले जस्तोसुकै कदम चाल्ने भन्दै जनमानसमा त्रास फैलाउने गरी धम्कीपूर्ण भिडियोहरू समेत सार्वजनिक गरेका थिए।
    भारतको बैंगलोरमा उनी विगतमा बसोबास गरेका थिए । विष्ट त्यहाँको एमजी रोडस्थित एउटा फेन्सी स्टोरमा काम गर्थे। उनी भारतमा रहँदा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको बुझिएको प्रहरीले जनाएको छ।

    उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै नेपाल सरकारका उच्च पदाधिकारीहरूलाई लक्षित गरी ज्यान मार्ने धम्की दिँदै आएका थिए।

    काठमाडौँको सिनामंगलबाट वैशाख ५ गते पक्राउ परेका विष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोमबार जानकारी दिए ।



    sancharchautari sancharchautari    
  • ८ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP