logo
  • ८ बैशाख २०८३, मंगलवार | Tue, 21 Apr 2026
  • Dark Mode

          Subscribe

    चक्कु प्रहार गरी युवकको हत्या

    चक्कु प्रहार गरी युवकको हत्या

    काठमाडौँ, ८ वैशाखः कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।
    स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ः०० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
    उहाँले आरोपितहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो ।



    sancharchautari sancharchautari    
  • ८ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP