logo
  • १८ कार्तिक २०८३, मंगलवार | Tue, 03 Nov 2026
  • Dark Mode

          Subscribe

    वैदेशिक रोजगार ठगी आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह !

    वैदेशिक रोजगार ठगी आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह !

    काठमाडौँ । वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

    विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

    वैदेशिक रोजगारका नाममा हुने झुटा आश्वासन, अनधिकृत रकम असुली, नक्कली मागपत्र तथा करारसम्बन्धी अनियमितताले श्रमिक र तिनका परिवारलाई आर्थिक तथा सामाजिक असर पार्ने गरेको जनाएको छ।

    यस्ता गतिविधि नियन्त्रण गर्न उजुरीको शीघ्र सम्बोधन, अन्तरनिकाय समन्वय, नागरिक सचेतना र कानुनबमोजिमको कारबाही आवश्यक हुन्छ।  विभागको पछिल्लो सूचनाले फरार आरोपितलाई कानुनी प्रक्रियामा ल्याई अनुसन्धान तथा मुद्दासम्बन्धी काम अघि बढाउने प्रयास गरेको जनाएको छ।

    समन्वित सरकारी कार्य, सहज उजुरी प्रणाली र समयबद्ध कानुनी कारबाहीले वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्दै श्रमिकको हकहित संरक्षणमा योगदान पुर्‍याउने सरकारी प्रतिवद्धता पूरा गर्न सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।



    sancharchautari sancharchautari    
  • ११ कार्तिक २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP