logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025
  • Dark Mode

          Subscribe

    खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री

    खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ :  प्रधानमन्त्री

    काठमाडौं ।

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

    शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे ।

    उनले भने, ‘खेल क्षेत्र एउटा स्थान विषेश र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौं । तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौं । खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौं भन्ने विश्वास लिएका छौं । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौंं । खेलाडीहरुको खेलपनि हेरेको छु । टिमहरु अन्तर्राष्ट्रियस्तरका छन् । खेल प्रविधिको विकास गर्दै सफलता हासिल गर्दै जानुपर्नेछ । राज्यले सम्मान गरेको छ । यस सम्मानले अन्य खेलाडीहरुलाई समेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएका छौं । यो सम्मान र प्रोत्साहन हो । यो सम्मानको स्थानसम्म पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको माध्यमबाट पुरस्कृत गरिने कोशिसका लागि पनि धन्यवादको पात्र हुनुहुन्छ ।

    नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढुन जरुरी रहेको बताए ।

    सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ ।

    सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

    सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

     



    sancharchautari sancharchautari    
  • २८ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP