logo
  • ५ जेष्ठ २०८३, मंगलवार | Tue, 19 May 2026
  • Dark Mode

          Subscribe

    कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    २३-२४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा कागजात जलेका कारण यस वर्ष राष्ट्रपति कार्यालयकै लेखा परीक्षण हुन नसकेको पाइएको छ ।

    महालेखा परीक्षकको कार्यालयका अनुसार राष्ट्रपति कार्यालयमा कुल ६८ कर्मचारीको दरबन्दी छ । आर्थिक वर्ष २०८१/८२ को स्रेस्ता र त्यससँग सम्बन्धित कागजात जेनजी आन्दोलन र घटनाका कारण पेस हुन नआएकाले विनियोजनतर्फ १४ करोड १९ लाख १२ हजार र राजस्वतर्फ ५३ हजार तथा धरौटीतर्फ २ करोड ९ लाख ८२ हजार समेत १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको कार्यालयले जनाएको छ ।

    महालेखाका अनुसार जेनजी आन्दोलनका कारण डेढ खर्बमाथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

    कुल १ सय ७९ कार्यालयको भने कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।

    यस वर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

    समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बराबरको बेरुजु देखिएको छ । कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड छ । एक वर्ष अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ । जुन उत्साहजनक रहेको रायाले जानकारी दिए ।



    sancharchautari sancharchautari    
  • ५ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP