logo
  • १७ बैशाख २०८३, बिहीबार | Thu, 30 Apr 2026
  • Dark Mode

          Subscribe

    जग्गा विवादमा आमाको हत्या

    जग्गा विवादमा आमाको हत्या

    काठमाडौँ, ४ चैतः दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

    कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो । दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले राससलाई जानकारी दिनुभयो ।



    sancharchautari sancharchautari    
  • ४ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP