चर्चित पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ ।
पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्ट्साले यौन दुर्व्यवहारकाे आराेप लगाएकी हुन् । यो विषयमा अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्सले लामो स्टोरी प्रकाशित गरेको छ ।
काठमाडौंको एक होटलमा व्यापारिक छलफलका क्रममा पुर्जाले आफूलाई किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको लोट्टा हिन्ट्साले न्युयोर्क टाइम्सलाई बताएकी छिन् ।
हिन्ट्सा पनि एक पर्वतारोही हुन् । उनले आफ्ना साथीसँग मिलेर लेखेको एक पुस्तकमा यो घटना उल्लेख गरेकी छिन् । तर, त्यसमा पुर्जाको नाम उल्लेख नगरिएको तर, न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले पुर्जाको नाम लिएको न्युयोर्क टाइम्सले लेखेको छ ।
न्युयोर्क टाइम्सले यो विषयमा पुर्जासँग कुरा गर्न खोजे पनि उनले अन्तर्वार्ता दिन अस्वीकार गरेको र आफ्ना वकिल फिलिप एम केलीमार्फत जवाफ दिएको न्युयोर्क टाइम्समा उल्लेख छ । पुर्जाका वकिलले लिखित बयानमा ‘श्री पुर्जाले गल्तीको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछन् । यी आरोपहरू झूटा र अपमानजनक छन्’ भनेका छन् ।
प्रतिक्रिया