logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    काठमाडौ जोड्ने सबै नाका ठप्प ः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

    काठमाडौ जोड्ने सबै नाका ठप्प ः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

     

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् ।

    मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौं सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् ।

    काठमाडौंसँग अरू जिल्लाको आवतजावत टुटेको छ ।

    सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ ।

    मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पु¥याएको छ । कतिपय ठाउँमा पुल नै बगेका छन् ।

    मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।

    सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ ।

    यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ ।



    sancharchautari sancharchautari    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP