logo
  • ११ बैशाख २०८३, शुक्रबार | Fri, 24 Apr 2026
  • Dark Mode

          Subscribe

    माछा मार्न हिँडेका पुरुष जालमा बेरिएको अवस्थामा खोलामा मृत भेटिए

    माछा मार्न हिँडेका पुरुष जालमा बेरिएको अवस्थामा खोलामा मृत भेटिए

    संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका १ मा माछा मार्न गएका एक पुरुष जालमा बेरिएको अवस्थामा मृत फेला परेका छन् । स्थानीय ३९ वर्षीय धन्दुराम राई मृत अवस्थामा फेला परेको सिलिचोङ–१ का वडाध्यक्ष अनिश राईले जानकारी दिए ।

    मृतक धन्दुराम बुधबार दिउँसो माछा मार्नका लागि संखुवा खोलातर्फ गएका थिए । तर लामो समयसम्म घर नफर्किएपछि खोजीका लागि परिवार र छिमेकीले बिहीबार बिहान स्थानीय प्रहरी चौकीमा निवेदन दिएका थिए ।

    त्यसपछि खोजी गर्ने क्रममा राई मृत अवस्थामा खोलामा भेटिएको वडाध्यक्ष राईले बताए । खोलाभित्र माछा मार्ने जालमा बेरिएको अवस्थामा उनको शव फेला परेको हो ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    sancharchautari sancharchautari    
  • ११ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP