logo
  • २४ कार्तिक २०८३, सोमबार | Mon, 09 Nov 2026
  • Dark Mode

          Subscribe

    तिहारलाई लक्षित गर्दै बुढानीलकण्ठमा कृषि तथा पशुजन्य उत्पादन मेला

    तिहारलाई लक्षित गर्दै बुढानीलकण्ठमा कृषि तथा पशुजन्य उत्पादन मेला

    काठमाडौं । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र कृषकलाई बजारसँग जोड्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाले आगामी कात्तिक २० र २१ गते ‘बुढानीलकण्ठ कृषक सम्मेलन तथा कृषि–पशु उत्पादन प्रदर्शनी मेला २०८३’ आयोजना गर्ने भएको छ।

    तिहार पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको मेलाको तयारीका सम्बन्धमा नगरपालिकामा आवश्यक व्यवस्थापन तथा समन्वयका विषयमा छलफल भएको छ। तयारी बैठकमा कृषक तथा पशुपालकको सहभागिता सुनिश्चित गर्ने, स्थानीयस्तरमा उत्पादित कृषि उपज तथा पशुजन्य सामग्रीको प्रदर्शनी गर्ने र मेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विचारविमर्श गरिएको थियो।

    मेलामार्फत स्थानीय कृषक तथा पशुपालकले आफ्ना उत्पादन उपभोक्तामाझ चिनाउने र बजारीकरणका लागि अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेषगरी तिहारमा बढी माग हुने स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरी स्थानीय उत्पादनको उपभोग बढाउने लक्ष्य राखिएको छ।

    नगरपालिकाको आयोजनामा हुने यस मेलाले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तार र कृषि तथा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।



    sancharchautari sancharchautari    
  • २० कार्तिक २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP