logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    काठमाडौँ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
    राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
    सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।



    sancharchautari sancharchautari    
  • ३१ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP