२०८१ बैशाख १४
April 26, 2024, Friday

सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं,कार्तिक १७
रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।

सोसिडाडलाई जित दिलाउन डेभिड सिल्भाको गोलमा २४औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । ३४औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै सोसिडाडको अग्रता २-० को बनाए ।

५४औं मिनेटमा विलियन जोसेले गोल गर्दै सोसिडाडलाई ३-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा सेल्टाका इयागो आसपसले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । तर, ८१ औं मिनेटमा जोसेले व्यक्तिगत दोस्रो गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सोसिडाडले ८ खेलमा १७ अंक जोडेको छ । पराजित सेल्टा ६ अंक जोडेर १७ औं स्थानमा छ ।

Related News

चेम्बर अफकमर्सका २४ वटा समितिको नेतृत्व चयन
चेम्बर अफकमर्सका २४ वटा समितिको नेतृत्व चयन
  • २०७७ कार्तिक १७, सोमबार ०५:०५ गते

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७७ कार्तिक १७, सोमबार ०५:०५ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

शेफिल्डलाई हराउँदै म्यान्चेष्टर युनाइटेड विजयी
शेफिल्डलाई हराउँदै म्यान्चेष्टर युनाइटेड विजयी
  • २०७७ कार्तिक १७, सोमबार ०५:०५ गते

काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।वल्ड ट्राफोर्डमा...

TOP