२०८१ बैशाख १४
April 26, 2024, Friday

अमेरिकका द्वारा नेपाललाइ एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

अमेरिकका द्वारा नेपाललाइ  एक लाख मात्रा फाइजर खोप हस्तान्तरण

काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताउनुभयो ।

उहाँले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिनुभयो । नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै उहाँले नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताउनुभयो ।

नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।

खोपलाई अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डारणमा राखिएको छ । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ । रासस

Related News

आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
  • २०७८ कार्तिक ८, सोमबार १५:५४ गते

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।...

महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
  • २०७८ कार्तिक ८, सोमबार १५:५४ गते

काठमाण्डाै – महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन्...

औषधिको केमिकल बोकेको ट्रकमा आगलागी 
औषधिको केमिकल बोकेको ट्रकमा आगलागी 
  • २०७८ कार्तिक ८, सोमबार १५:५४ गते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौँ तर्फ...

TOP