२०८१ बैशाख १४
April 26, 2024, Friday

आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु

आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु

काठमाडौँ । आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदै छु । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ ।

पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ । यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७८ मंसिर ६, सोमबार ०९:४९ गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७८ मंसिर ६, सोमबार ०९:४९ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
  • २०७८ मंसिर ६, सोमबार ०९:४९ गते

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल...

TOP