२०८१ बैशाख १४
April 26, 2024, Friday

ओलीको आरोप खण्डन गर्दै प्रचण्डले भने-प्रमाणित नभए माफी माग्न चुनौती दिन्छु

ओलीको आरोप खण्डन गर्दै प्रचण्डले भने-प्रमाणित नभए माफी माग्न चुनौती दिन्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

 प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न पनि दाहालले ओलीलाई चेतावनी दिएका छन् । 

प्रचण्डले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्, पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।”

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७८ पुष १, बिहीबार ०९:४७ गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७८ पुष १, बिहीबार ०९:४७ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
  • २०७८ पुष १, बिहीबार ०९:४७ गते

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल...

TOP