२०८१ बैशाख १४
April 26, 2024, Friday

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो ।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित हुनुभएको छ । वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्नुभयो । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित हुनुभएको छ ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित हुनुभएको थियो । उहाँलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गर्नुभएको थियो ।

निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७८ पुष ७, बुधबार ०९:४२ गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७८ पुष ७, बुधबार ०९:४२ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
  • २०७८ पुष ७, बुधबार ०९:४२ गते

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल...

TOP