२०८१ बैशाख १४
April 26, 2024, Friday

मन्त्रिपरिषद् विस्तार आज, शपथअघि दलहरुका आन्तरिक र संयुक्त बैठक बस्दै

मन्त्रिपरिषद् विस्तार आज, शपथअघि दलहरुका आन्तरिक र संयुक्त बैठक बस्दै

काठमाडौं, लामो रस्साकस्सीपछि आज शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

यसअघि बुधबार र बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि कुन मन्त्रालय कसले लिने भन्ने सहमति नजुट्दा अड्किएको छ ।

विशेष गरी प्रभावशाली मन्त्रालयमा धेरै दलको दाबी भएपछि मन्त्रीपरिषद् बिस्तार लम्बिएको हो। बिहीबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा सहमति जुटेकाले आज मन्त्रीपरिषद् बिस्तार हुने र अपराह्न ३ बजे शपथ हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

केही मन्त्रालयको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै छलफल गर्ने जनाइएको छ।

कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २/२ तथा जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ।

आम जनता पार्टीबाट प्रभु साह पनि मन्त्री बन्ने बताइएको छ । गठबन्धन बैठकमा आफूलाई चित्त बुझ्दो मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने बताएको छ ।

Related News

कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै होःअध्यक्ष नेपाल
कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै होःअध्यक्ष नेपाल
  • २०७९ चैत्र १७, शुक्रबार ०८:०७ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले, कांग्रेसलाई शत्रु ठान्नु पार्टीलाई सिध्याउने सिद्धान्त मात्रै रहेको टिप्पणी गरेका छन् ।शुक्रबार...

काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम
काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम
  • २०७९ चैत्र १७, शुक्रबार ०८:०७ गते

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च...

प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक
  • २०७९ चैत्र १७, शुक्रबार ०८:०७ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ...

TOP