२०८१ बैशाख १४
April 26, 2024, Friday

परिचयपत्रको आधारमा नागरिकलाई निःशुल्क उपचार गर्न सरकारको आग्रह

परिचयपत्रको आधारमा नागरिकलाई निःशुल्क उपचार गर्न सरकारको आग्रह

सरकारले स्थानीय तहलाई  परिचयपत्रका आधारमा १० प्रतिशत शैय्या छुट्याएर विपन्न बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सबै स्थानीय तह र सरकारी, निजी र सामुदायिक अस्पताललाई परिपत्र गर्दै यस्तो आग्रह गरेको हो।   

परिचयपत्रलाई आधार मानी अस्पतालको स्वीकृत सरकारले विपन्न, असहाय बेवारिसे बिरामीको लागि कुल शैय्याको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न स्थानीय सरकार र  सम्बन्धित सरकारी, निजी र सामुदायिक अस्पताललाई अनुरोध गरेको हो। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले  सबै अस्पतालको अनुगमन गर्दै आउनुभएको छ।  स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय बेवारिसे बिरामीको लागि कुल शैय्याको दश प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनु पर्ने उल्लेख छ। 

सोही मापदण्डको  दफा ७२ (ट) मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्नेछ भनी उल्लेख भएको छ। 

Related News

स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
स्वास्थ्य: गर्भावस्थामा हुने यी गल्तीले आमा र बच्चाको स्वास्थ्यमा असर गर्छ, जान्नुहोस् कसरी गर्ने ?
  • २०८० जेष्ठ २१, आईतवार १७:३३ गते

बच्चाको स्वास्थ्य गर्भावस्थाको समयमा र त्यसपछि लामो समयसम्म आमाको स्वास्थ्यमा निर्भर गर्दछ। जान्नुहोस् यस्ता केही गल्तीहरू जसले आमा र बच्चा...

काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
  • २०८० जेष्ठ २१, आईतवार १७:३३ गते

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र...

नयाँ औषधी ऐन ल्याइँदै
नयाँ औषधी ऐन ल्याइँदै
  • २०८० जेष्ठ २१, आईतवार १७:३३ गते

काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन...

TOP