logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    क्याम्पस बनाउन भिक्षा माग्दै विद्यार्थी

    क्याम्पस बनाउन भिक्षा माग्दै विद्यार्थी

    सरकारी क्याम्पसको पूर्वाधार विकासको लागि भनेर संयुक्त विद्यार्थीले त्रिचन्द्र आसपास क्षेत्रमा ‘भिक्षा’ मागेर व्यङ्ग्यात्मक विरोध प्रदर्शन गरेका छन्। जीर्ण रहेका क्याम्पसको भौतिक पूर्वाधारको गुणस्तर सुधारका लागि विभिन्न पालामा सरकारलाई पटक-पटक बजेट माग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै विद्यार्थीहरूले साङ्केतिक विरोध गरेका हुन् ।

    उनीहरूले भनेका छन् ‘हाम्रा क्याम्पसका थोत्रा भवन, कक्षाकोठा, प्रयोगशाला मर्मत र सुदृढ बनाउन सरकारले ध्यान दिएन ।’ २००४ सालमा पनि यसरी नै विद्यार्थीहरूले भिक्षा मागेको स्मरण गर्दै अहिले पनि सोही विधि अपनाइएको विद्यार्थीहरूको भनाई छ ।

    त्रिचन्द्र स्ववियुका सभापति गोविन्द कोइरालाका अनुसार आज सङ्कलन गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । ‘सरकारले क्याम्पसका पूर्वाधारहरू बनाउन सक्दैन भने अब हामी आफ्नै भिक्षा दानबाट क्याम्पस बनाउँछौँ,’ उनले भने ।

     



    sancharchautari sancharchautari    
  • ४ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP