logo
  • १० बैशाख २०८३, बिहीबार | Thu, 23 Apr 2026
  • Dark Mode

          Subscribe

    १४ वर्ष अघिको बलात्कार मुद्दाका फरार प्रतिवादी एक युवक पक्राउ

    १४ वर्ष अघिको बलात्कार मुद्दाका फरार प्रतिवादी एक युवक पक्राउ

    सल्यान प्रहरीले १४ वर्ष अघिको एउटा बलात्कार मुद्दाका फरार प्रतिवादी एक युवकलाई पक्राउ गरेको छ।

    छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय मोहन विकलाई सुराकका आधारमा मंगलबार पक्राउ गरिएको सल्यानका प्रहरी प्रवक्ता देवराज भट्टराईले बताए।

    १४ वर्षअघि दाङ तुलसीपुरमा भएको एउटा बलात्कार मुद्दामा दाङ जिल्ला अदालतले विकलाई दोषी ठहर गर्दै ५ वर्ष बढी काराबासको सजाय सुनाएको थियो। अदालतको फैसलापछि विक फरार थिए।

    दाङबाट सल्यानमा विकको मुद्दाको लगत पठाइएको थियो।

    सल्यानका प्रहरी प्रवक्ता भट्टराईले पक्राउपछि विकलाई सोही बमोजिम सल्यान जिल्ला अदालतमा पेस गरिएको थियो।

    अदालतको आदेशले मंगलबार नै विकलाई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको भट्टराईले जानकारी दिए।



    sancharchautari sancharchautari    
  • १० बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP