logo
  • ९ बैशाख २०८३, बुधबार | Wed, 22 Apr 2026
  • Dark Mode

          Subscribe

    वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ

    वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ

    वैदेशिक रोजगार विभाग (ताहचल) मा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन्।

    प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

    मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

    पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

    यसैबिच, काठमाडौँ प्रहरीले बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, लागुऔषध, हाडनाता करणीलगायत विभिन्न मुद्दामा फरार २६ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका कार्यालयबाट खटिइएका प्रहरी टोलीले २१ पुरुष र पाँच महिलालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    उनीहरूलाई विभिन्न अदालतबाट चार वर्ष १० महिना ११ दिन कैद र रु १२ लाख ९१ हजारभन्दा बढी जरिवाना ठहर भएको थियो।



    sancharchautari sancharchautari    
  • ९ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP