logo
  • २० बैशाख २०८३, आईतवार | Sun, 03 May 2026
  • Dark Mode

          Subscribe

    पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध!

    पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध!

    काठमाडौँ,२० वैशाखः केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरिमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुर भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    उनले भने, “आज बिहान खसेको पहिराका कारण विभिन्न राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरोध भएका छन् । यही वैशाख १६ गतेको पहिराका कारण सिन्धुपाल्चोक भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन सकेको छैन ।”

    यही वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका–५ जोखिमको मध्य पहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

    वर्षातको समयमा बाढी, पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।



    sancharchautari sancharchautari    
  • २० बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP