logo
  • २९ जेष्ठ २०८३, शुक्रबार | Fri, 12 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली ब्रोले गरे अपराध कबुल, प्रेमिका भनिएकी युवती प्रतीक्षा आचार्यले दिईन् यस्तो बयान

    नेपाली ब्रोले गरे अपराध कबुल, प्रेमिका भनिएकी युवती प्रतीक्षा आचार्यले दिईन् यस्तो बयान

    २९ जेठ, काठमाडौं : एक साताअघि तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका थप तीनजनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनालगत्तै शुक्रबार राति ‘नेपाली ब्रो’ भनिने कुमार थापा मगरलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिई त्यहाँस्थित प्रहरी वृत्तको हिसातमा राखेको थियो भने भोलिपल्ट थप तीनजना पक्राउ परेका थिए ।

    पक्राउ पर्नेमा नुवाकोट, तारकेश्वर गाउँपालिका- ३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षका विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पूजन थापा र जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चारैजना प्रतिवादीको बयान कागज भइरहेको छ । हालसम्म उनीहरु अनुसन्धानकै क्रममा छन् ।

    पक्राउ परेकामध्ये विक्रम ‘नेपाली ब्रो’ का आफ्नै भाइ हुन् भने पूजन र प्रतीक्षा साथी हुन् । मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएका कारण विक्रम, पूजन र प्रतीक्षालाई पक्राउ गरिएको हो ।

    घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार नेपाली ब्रोले अपराध कबुल गरेका छन् । अन्यले इन्कारी बयान दिएको प्रहरीले बताएको छ ।

    पक्राउ परेकी प्रतीक्षा नेपाली ब्रोकी प्रेमिका भएको ईश्वरीका माइती परिवारले जाहेरीमै उल्लेख गरेका छन् । यसलाई पुष्टि गर्ने खालका फोटो भीडिओहरु पनि सार्वजनिक भएका छन् । तर, प्रतिक्षाले प्रहरीसँग आफू नेपाली ब्रोको साथी मात्रै भएको दावी गरेकी छन् । नेपाली ब्रोसँग एक टिकटकरको हिसाबले भेट भएको र सँगै केही टिकटक बनाएको बाहेक अन्य कुनै किसिमको सम्बन्ध नरहेको उनको भनाइ छ ।

    ‘टिकटक बनाउने आदत लागेका कारण म फसेँ, त्योबाहेक नेपाली ब्रोसँग मेरो अरु कुनै सम्बन्ध होइन’, प्रहरी बयानमा उनले भनेकी छन् । आफू नेपाली ब्रोको प्रेमिका भन्ने ईश्वरीको माइती पक्षले गरेको दावीलाई झुठो भन्दै उनले आफू अध्ययन र रोजगारीको खोजीमा काठमाडौं आएकोे बताएकी छन् । नेपाली ब्रोको घरायसी मामिलाका बारेमा घटना हुनुभन्दा अगाडि केही जानकारी नभएको उनको भनाइ छ ।

    नेपाली ब्रोले घटनाभन्दा केही समयअगाडि प्रतीक्षासँग कारमै चुम्बन गर्दै नेपाली ब्रोले टिकटक लाइभ गरेका थिए । त्यसबेला ‘प्रतीक्षाले चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन’ भन्ने प्रतिक्रिया दिएकी थिइन् । हत्यापछि टिकटक लाइभमा उनले घटनाको विरोध गरेकी थिइन् ।

    पक्राउ परेका पूजनले हालसम्म आफू नेपाली ब्रोको साथी भएको स्वीकार गरेका छन् । तर, घटनामा आफ्नो कुनै सम्बन्ध नभएको उनले बताएका छन् । नेपाली ब्रोका भाइ विक्रमले ईश्वरीसँग कानुनी रुपमै अलग हुनु राम्रो हुने सुझाव दिएको, तर हत्याजस्तो जघन्य कार्यमा आफूले कुनै उक्साहट नगरेको बताएका छन् ।

    उनीहरुमाथि अनुसन्धानका लागि प्राप्त म्याद जारी रहेका कारण बयानबाहेकका अन्य अनुसन्धान पनि चलिरहेको प्रहरीले जनाएको छ ।



    sancharchautari sancharchautari    
  • २९ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP