logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    “पशुपतिनाथको छायामा लुकेको रुद्रागारेश्वरको रहस्य !”

    “पशुपतिनाथको छायामा लुकेको रुद्रागारेश्वरको रहस्य !”

    पशुपतिनाथ मन्दिरको उत्तरतिर रुद्रागारेश्वर परिसर पर्दछ। यो परिसर कैलास डाँडाको दक्षिणतिर अवस्थित छ, जहाँ जानका लागि पशुपतिनाथको पश्चिमी पहिलो द्वारको छेउबाट उत्तरतिर सिँढीहरू बनाइएका छन्।

    रुद्रागारेश्वरको दक्षिणतिर सत्तल छ, जुन सत्तल पशुपतिनाथको पश्चिमी भित्री सुरक्षा पर्खालको द्वारसँग जोडिएको देखिन्छ। रुद्रागारेश्वर सत्तलको उत्तरतिरको प्राङ्गणमा एउटा काभ्रोको रुखको फेदमा रुद्रागारेश्वर महादेव स्थान पर्दछ। यो देवस्थान जमिनको सतहबाट करिब १५ फिटको गहिराइमा रहेको छ। पशुपतिनाथ मन्दिरदेखि उत्तरपश्चिममा रहेको यो शिवलिङ्ग यस स्थानमा धर्मशाला या सत्तल निर्माण गरी त्यसको उत्तरतिर प्राङ्गण निर्माण गर्दा यति गहिराइमा परेको अनुमान गर्न सकिन्छ ।

    रुद्रागारेश्वरका लागि कुनै पनि प्रकारको मन्दिर बनाइएको देखिदैन । यो शिवलिङ्ग काभ्रओको रुखमुनि खाल्टोमा राखिएको छ, जुन भक्तहरूबाट निकै भिडभाडका साथमा दर्शन र पूजन गर्ने मध्येको शिवलिङ्ग मानिन्छ। लिङ्गयात्रा, वागमती जात्रा र पशुपतिनाथसँग सम्बन्धित विशेषगरी मन्दिरको तर्फबाट गरिने जात्रामा यसको दर्शन र पूजन गर्ने चलन छ। यसैगरी पशुपतिनाथ मन्दिरका तर्फबाट गरिने विभिन्न प्रकारका यज्ञ र पूजन तथा अन्य कार्यमा पनि यही स्थानलाई प्रयोग गर्ने गरिन्छ।

    यो शिवलिङ्ग नेपालका ६४ लिङ्गमध्ये एक मानिएको छ। तसर्थ चौसठ्ठी लिङ्गको यात्रामा यसलाई पनि समावेश गरी पूजाआजा गर्ने गरिन्छ। यसलाई रुद्रकुण्ड पनि भनिन्छ र यस स्थानमामा मुक्तिनाथको जल आउने जनविश्वास पाइन्छ।

    रुद्रागारेश्वर लिङ्गलाई यसको पीठ सहित तामाको पाताले मोरिएको छ। यो शिवलिङ्ग सादा, केही मोटो र करिब १५ इन्च अग्लो छ। यसको पीठ भने केही सानो र गोलो देखिन्छ। यसलाई विक्रमको छैटौं शताब्दीतिर बनेको मानिन्छ। यसको पश्चिमतिर नन्दीको एउटा प्रस्तर प्रतिमा राखिएको छ, जसको मुख बाहेक जीउ मात्र धातुका पाताले मोरिएको देखिन्छ। रुद्रागारेश्वर शिवलिङ्गको छेउमा नै यसको दक्षिणपश्चिम तिर गौरीको कलश राखिएको छ, जसमा माता गौरी लेखिएको पाइन्छ। यसलाई पनि धातुका पाताले मोरिएको छ। यहाँ गौरीको अर्थ पार्वती या उमा हुन्।

    यहाँ राखिएको गौरीको कलशलाई एउटा चौकामाथि राखिएको छ। यस स्थानमा शिवलिङ्ग र कलशको बिचमा गणेशको धातुबाट बनेको एउटा सानो प्रतिमा राखिएको देखिन्छ। यसैमा नन्दीको पछाडितिर भने सूर्य भनिएको एउटा सानो प्रतिमा छ, जसले हातमा खड्ग लिएको देखिन्छ। यहाँ आउने भक्तहरू यसलाई सूर्य मूर्ति मानेर पूजाआजा गर्ने गर्दछन् । यहीं एउटा चक्रफलक, एउटा डमरू सहितको त्रिशूल र केही घण्टहरू पनि राखिएका छन्।

    अधि यस स्थानमा राम, परसुराम, ब्रह्मा र अन्य देवीदेवताका प्रतिमा पनि थिए भनिन्छ। तर हाल ती प्रतिमा हराई सकेका छन्। रुद्रागारेश्वर प्राङ्गणको बिचमा एउटा यज्ञकुण्ड छ भने यसको उत्तरतिर बनेका पेटीहरूमा विभिन्न युगमा बनेका शिवलिङ्ग र प्रतिमाहरू लहरै राखिएका छन्। तिनीहरूमध्ये धेरैजसो प्रतिमाहरू जीर्ण पनि छन् ।

    पशुपतिनाथ मन्दिर वरिपरि भएका विभिन्न देवीदेवताका मन्दिरहरू जीर्ण भई भत्किनाले तथा तिनको पुनर्निर्माण नहुनाले अलपत्र परेका शिवलिङ्ग तथा देवीदेवताका प्रतिमा त्यस स्थानमा राखिएका हुन्। यसरी रुद्रागारेश्वर क्षेत्र विभिन्न युगका कलाकृक्तिले भरपुर देखिन्छ ।

    नेपालको पहिलो गोपाल वंशका गुप्तमान ग्वाला अर्थात भुक्तमान गोपाली नेपालको इतिहासमा पहिलो राजा मानिन्छ ।जसका सन्तानहरु अहिले पनि मकवानपुर टिस्टुङ भेग थाहा नगरपालिका अन्तर्गत चित्लाङ, टौखेल, कुन्छालमा बाक्लो संख्यामा बसोबास गर्दै आएका छ्न । उनीहरूको पुर्ख्यौली र वंशावली प्रमाणले पनि यो तथ्यलाई प्रमाणित गर्छ



    sancharchautari sancharchautari    
  • २८ भाद्र २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP