logo
  • १७ जेष्ठ २०८३, आईतवार | Sun, 31 May 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँचीमा बाँदरले एक महिलालाई सबै कपडा च्यातेर आक्रमण गरी बेहोस बनाएपछि..

    अर्घाखाँचीमा बाँदरले एक महिलालाई  सबै कपडा च्यातेर आक्रमण गरी बेहोस बनाएपछि..

    काठमाडौं १७ जेठ : अर्घाखाँचीको पाणिनी गाउँपालिका खिदिमकी सरस्वती दर्लामी मेला गएको बेला बाँदरको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

    एक्लै मेला गएकी ३६ वर्षीय दर्लामीलाई बाँदरले सबै कपडा च्यातेर आक्रमण गरी बेहोस बनाएपछि छिमेकीहरूले उद्धार गरेका थिए । उनको शरिरभरी घाउ छन् । गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी गौतमले मेलामा गइरहेकी सरस्वतीलाई बाँदरले गम्भीर घाइते बनाएको, निर्वस्त्र अवस्थामा उनलाई छिमेकीले उद्धार गरी घरमा पुर्‍याएको गौतमले बताइन् ।

    ‘बाटोमा हिँडेको बेला बाँदरले आक्रमण गरेको रहेछ, अहिले गाउँमा एक्लै हिँड्न सक्ने अवस्था छैन, महिलालाई त झन् बढी सताएको छ’, उनले भनिन्, ‘पहिले नै पालिकाले बन्दूक पड्काउने, जाली लगाउने, भोटेकुकुर पाल्न लगाउने काम थालेको थियो, तर रोकिएन, कानुन नै फेरेर मार्नलाई बन्दूक दिइनुपर्छ । मान्छेको संख्या कम भएको छ, बाँदर बढिरहेका छन् । यसले गाउँमा बस्न सक्ने वातावरण नै छैन ।’



    sancharchautari sancharchautari    
  • १७ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP