२०८१ बैशाख १४
April 26, 2024, Friday

अहिलेका ‘पञ्च’ सामुदायिक आतंकका प्रतीक हुन् :सरिता गिरी

अहिलेका ‘पञ्च’ सामुदायिक आतंकका प्रतीक हुन् :सरिता गिरी

काठमाडौं,असोज ९
पूर्वमन्त्री सरिता गिरीले न्यायका नाममा पञ्चहरुको आदेशले कानुनी शासनलाई चुनौती दिएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व सांसद समेत रहेकी गिरीले पञ्चायतीले न्यायको नाममा कानुनी शासनलाई चुनौती दिएको बताएकी हुन् ।

गत भदौं ३० गते सप्तरीको डाक्नेश्वरमा बलात्कारको सिकार भएकी एक किशोरीले न्यायका लागि प्रहरीमा जान खोज्दा पञ्चले रोक लगाएपछि मृत्युको बाटो रोजेकी थिइन् । सोही घटनाको विषयमा गिरीले अहिलेका पञ्चहरु सामुदायिक आतंकका प्रतीक भएका बताइन् ।

सामन्ती प्रथालाई पञ्चहरुले स्वघोषित रुपमा पुनर्जीवन दिएको उनको तर्क छ । ‘सामन्ती प्रथालाई स्वघोषित पञ्चहरुले पुनर्जीवन दिँदैछन्, समुदायको हितको नाममा पञ्चायतीले मानिसको व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दैछन्,’ उनले भनिन्( ‘अहिलेका पञ्चहरु सामुदायिक आतंकका प्रतीक हुन् ।’

मधेशमा विद्यमान सामाजिक कुरितीहरुलाई मलजल दिने काम पञ्चहरुबाटै भइरहेको उनको आरोप छ । अहिले स्थानीय सरकारमा न्यायिक समिति हुँदाहुँदै पनि पञ्चहरुको आदेश चल्छ भने त्यसमा राज्य र प्रहरीमा उत्तिकै दोषी ठहरिने पूर्वमन्त्री गिरीका तर्क छ ।

‘अपराध मौलाउनुको कारण प्रहरी प्रशासन र स्थानीय सरकारको असक्षमता दुवै जिम्मेवार छ,’ गिरीले भनिन्( ‘म धेरै वर्षदेखि महसुश गर्दै आएको छु, प्रहरी कानूनको शासनको रक्षा नगरी मेलमिलापको काम गर्दै आएको छ ।’

प्रहरी र राजनीतिक दलको मिलेमातोमा नै घटनाहरु साम्य हुने गरेको भन्दै उनले यस्ता घटनाले प्रहरीको काममाथि नै प्रश्न उठेको बताइन् । ‘राजनीतक दलका नेताहरुको उपस्थिति प्रहरी कार्यालयमा जहिले पनि हुन्छ र भन्न सकिन्छ कि प्रहरी कार्यालय आफू जिम्मा नलिई मेलमिलापको कार्यका लागि पञ्च परम्परालाई पुनर्जीवन दिइरहेको छ’ गिरीले भनिन् ।

राजनीतिक दलले पनि यस्ता घटना र परम्परालाई प्रसय दिइरहेको उनको आरोप छ । ‘चुनावमा जानेका लागि चुनावमा जानेहरुका लागि यो काम लोकपिय हुँदैन,’ गिरी भन्छिन्( ‘किन भने उसले आफनो समर्थकहरु गुमाउने भय हुन्छ । यो समस्या अत्यन्त गम्भीर छ र यसबारे गहिरो चिन्तनको आवश्यकता छ ।’

Related News

लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो ः मन्त्री बस्नेत
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०१ गते

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आगामीलगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी...

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०१ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०१ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

TOP