२०८१ बैशाख १४
April 26, 2024, Friday

बाजुरामा विद्यार्थी नेताको विभत्स हत्या

बाजुरामा विद्यार्थी नेताको विभत्स हत्या

बाजुरा, बाजुरामा आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ।

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनकाअनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो। अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।

Related News

जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ
  • २०७९ मंसिर ५, सोमबार ०८:१५ गते

काठमाडौं । अनलाईन जुवा खेल्न पल्किएका १ हजार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा...

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
  • २०७९ मंसिर ५, सोमबार ०८:१५ गते

मुगु । बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्ष देखि अलपत्र अवस्थामा छ ।एक वर्षमा निर्माण सम्पन...

आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
आगलागी पीडितले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाए
  • २०७९ मंसिर ५, सोमबार ०८:१५ गते

महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।...

TOP