logo
  • १ जेष्ठ २०८३, शुक्रबार | Fri, 15 May 2026
  • Dark Mode

          Subscribe

    जेन्जी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

    जेन्जी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

    काठमाडौं १ जेठ : जेनजी आन्दोलनमा नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

    बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ काफलीका नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरक्षिक बलदेव बडूले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरक्षिक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४:३० बजे घरबाटै नियन्त्रणमा लिएको हो ।

    रतोकी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए । उनलाई जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएको थियो ।



    sancharchautari sancharchautari    
  • १ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP