logo
  • ९ जेष्ठ २०८३, शनिबार | Sat, 23 May 2026
  • Dark Mode

          Subscribe

    टीकापुरमा तालिमका क्रममा बेहोस सशस्त्र प्रहरीका ६ जवानलाई पठाइयो काठमाडौँ

    टीकापुरमा तालिमका क्रममा बेहोस सशस्त्र प्रहरीका ६ जवानलाई पठाइयो काठमाडौँ

    काठमाडौं ८ जेठ :  कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज (शुक्रबार) बिहान तालिम गर्दागर्दै बेहोस भएका ७ जवानमध्ये ६ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएका ६ जनालाई थप उपचारका लागि आज दिउँसो १:४५ बजे नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पठाइएको हो।

    यसअघि उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो।

    आज बिहान टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका ७ जना बेहोस भएका थिए।

    अर्का १ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए।



    sancharchautari sancharchautari    
  • ८ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP