काठमाडौँ, १५ मङ्सिरः बुद्धनगरस्थित समस्याग्रस्त भवन अगाडि सहकारी पीडित बचतकर्ताहरू लगातार ११ दिनदेखि सडकमा बसिरहेका छन्।
बचतकर्ताले वर्षौंसम्म पसिना बगाएर जम्मा गरेको निक्षेप डुबाउनेहरूको संरक्षण गर्न राज्य र केहि दल लागिपरेको अनुभूति भएकाले आन्दोलन झनै आक्रोशित बन्दै गएको छ।
सहकारी बचतकर्ता संरक्षण (महासंघ)नेपालका अध्यक्ष कुश्लभ केसीले भन्नुभयो, यो अवस्था ,धेरै भयो, अब सहन सकिंदैन् “निक्षेपकर्ताको कष्टप्रति संवेदनशीलता देखाएर सरकारले चाँडो समाधानको स्पष्ट मार्गचित्र ल्याउनुपर्ने आवश्यकता छ। यो Zen-Zको सरकारमा शासन चलाउने हो भने प्रधानमन्त्री सुशिला कार्कीले पीडितको आवाज तुरुन्त सुन्नैपर्छ। कर्पोरेटमाफियालाई होइन, बचतकर्तालाई बचाउने आधार दिनुपर्छ।” प्रधानमन्त्री कार्की, अब तपाईंको मौनता नै राज्यको चरित्रको प्रमाण बन्दैछ ,अध्यक्ष कुश्लभ केसीले भन्नु भयो।
आन्दोलनरत पीडितहरू भन्छन्, यो आन्दोलन कुनै पार्टीको होइन—आफ्नै जीवन बाँच्ने अधिकारको हो।समाधान कागजमा होइन, व्यवहारमा आएपछि मात्र हामी सडक छोड्छौँ।” यदि सरकारले सुन्न ढिलाइ गरे आन्दोलन झनै तीव्र र देशव्यापी हुँदै जाने घोषणा समेत गरिएका छन।
https://youtu.be/SKIEE0H7bcc?si=mtkAhZMrxsTP8KXR
प्रतिक्रिया