logo
  • २२ बैशाख २०८३, मंगलवार | Tue, 05 May 2026
  • Dark Mode

          Subscribe

    पेस्तोल देखाएर काठमाडौँको चाँदी पसल लुट्ने प्रयास, लुटेरा खोज्दै प्रहरी

    पेस्तोल देखाएर काठमाडौँको चाँदी पसल लुट्ने प्रयास, लुटेरा खोज्दै प्रहरी

    काठमाडौँको भेडासिंह स्थित एउटा चाँदी पसलमा लुटेराहरूले लुटपाटको प्रयास गरेका छन् । वैशाख १७ मा चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिका लाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका हुन् ।

    पसलको सिसिटिभी फुजेटमा लुटेराले सटर लगाएर लुट्न खोजे पनि पसलमा बस्ने युवतीले प्रतिकार गरेकी छन् । सुरुमा लुटेरा र युवतीबिच हातपातको अवस्था हुन्छ । युवतीले कुर्सी उचालेर प्रहार गरेपछि सटर खोलेर लुटेरा भगेको देखिन्छ ।

    सुरुमा एकजना युवक छिरेर पेस्तोल देखाउँछन् । पसलमा बस्ने युवती मोबाइल चलाएर बसेकी हुन्छिन् । अर्का युवक पसलमा प्रवेश गरेपछि दुई जनाले आक्रमण गर्छन् । तर, प्रतिकार गरेर युवतीले लुटेरालाई भगाउँछिन् । पसलमा बस्ने युवतीको प्रतिकारको कारण लुटपाट हुन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लुटमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    वैशाख १७ मा दिउँसो २ बजे भएको सो घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । लुटपाट गर्न खोज्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

    चार महिनाअघि न्युरोड क्षेत्रमा लुटेराहरूले ४ लाख नगद र ३ वटा मोबाइल लुटेका थिए । लुटिएका मोबाइल मध्ये दुईवटा आइफोन थियो । सोही समूहले चाँदी पसल लुटपाट गर्न खोजेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।



    sancharchautari sancharchautari    
  • २२ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP