logo
  • ८ जेष्ठ २०८३, शुक्रबार | Fri, 22 May 2026
  • Dark Mode

          Subscribe

    समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक

    समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

    कार्यालयले सो सहकारीका करिब १४० ठूला ऋणीको नाम शुक्रबार सार्वजनिक गरेको हो । समितिले २०८३ साल वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। यसअघि नेपाल सरकारले मिति २०८०/१२/१३ मा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

    समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। साथै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ ।

    गौतमश्री २०८० चैत १३ गते समस्याग्रस्त घोषण भएको थियो । सो सहकारीका एक हजार ६ सय ७३ बचतकर्ताले ३ अर्ब १ करोड बराबरको माग दाबी गरेका छन् ।

    त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

     



    sancharchautari sancharchautari    
  • ८ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP