logo
  • २९ पुष २०८१, सोमबार | Mon, 13 Jan 2025
  • Dark Mode

          Subscribe

    हाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमाहुनेछन् भन्ने संकल्प गरौ : राष्ट्रपति

    हाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमाहुनेछन् भन्ने संकल्प गरौ : राष्ट्रपति

    काठमाडौँ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमाहुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् ।
    संविधानदिवस २०८१ को अवसरमा राष्ट्रपतिभवनशीलतनिवासमाविहिबार आयोजितविशेष कार्यक्रममा राष्ट्रपतिपौडेललेउक्तअपिल गरेका हुन् ।
    उनले भने,‘हामी संकल्प गरौ कीहाम्रो राज्य, राजकाज र राजनीतिमानागरिक पहिलो स्थानमाहुनेछन् । नागरिकको हितबाहेकहाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।’
    उनले लक्ष्य त्यसै प्राप्तनहुने र लक्ष्यप्राप्तगर्न संकल्पचाहिने उल्लेख गर्दै भने,‘लक्ष्यप्राप्त गर्न साधनाचाहिन्छभन्दै उहाँले लक्ष्यप्राप्त गर्न अविचलितभइअगाडिबढ्ने अटलआस्था र उच्च नैतिकशक्तिचाहिन्छ ।’
    उनले भने,‘हामीले प्राप्त गर्न चाहेको राष्ट्रियलक्ष्यहासिल गर्न आजमहत्वपूर्ण संकल्प गरौं, पहिलो संकल्प गरौं, हामीलोकतन्त्रप्रतिप्रतिवद्ध रहने छौं । जस्तोसुकै अप्ठ्यारोमा पनिहामीलोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडिबढ्नेछौ । अर्को संकल्प गरौं कि हामी सुशासनप्रतिप्रतिवद्ध रहने छौं तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्रआवद्ध गर्नेछौं ।’
    राष्ट्रपतिपौडेलले समावेशीकरण र सामाजिकन्यायप्रतिप्रतिवद्द रहने तथाहाम्राविभिन्नजाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझाबनाउने तेश्रो संकल्प गर्न आग्रहपनि गरे । उनले भने,‘भ्रातृत्व, एकता र समभावहाम्रो जीवनपद्दतिहुनेछ, सामाजिकएकता र आपसी सम्मानहाम्रो सांस्कृतिकचरित्र हुनेछ ।’
    जस्तोसुकै परिस्थितिमापनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्नदिनेछैनौं भन्ने अर्को संकल्प गर्न आग्रहगरे । उनले भने,‘पाँचौ, संकल्प गरौं कि हामीनागरिकको हितकालागि समर्पित हुनेछौ ’
    यी संकल्पगर्दै मुलुकको सम्वृद्धिको यात्रामाअघिबढिरहँदाहामीले ध्यानदिनपर्ने केहीमहत्वपूर्ण विषयहरू भएको बताउँदै उहाँले पहिलो त हामीले राज्यलाई अझलोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासितबनाउनआवश्यक रहेको बताउनुभयो ।
    ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवाप्रवाहआवश्यकहुन्छ, जसले नागरिकमाआशाजगाउन सकोस्, जसले नागरिकलाई यहीव्यवस्थामामात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस’ उनले भने।
    उनले संविधानको वास्तविककार्यान्वयनगर्दै सुशासनकायम गर्ने, विकास निर्माणलाई तिब्रतादिने र सेवाप्रवाहमा चुस्तताल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमायसको पूर्ण कार्यान्वयनमा सबैले ध्यानदिनु अहिलेको आवश्यकतारहेको बताए ।
    उनले भने,‘वेथिति र अनियमितताले हाम्रो राज्यकाप्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिनबनाउने चिन्ता सर्वत्र भैरहेको छ । यसबाटनागरिकको भरोसा नडगमगाओस् भनेर अब पनिहामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनस्र्थापितनगरी न त हामी संविधानकालक्ष्यहरू प्राप्त गर्न सक्छौ, न त राजनीतिक परिवर्तनले परिणामदिन्छ । आजकादिनमाहामीले भ्रष्टाचारमा शुन्य सहनसिलतालाई कडाईंकासाथकार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । ’
    आफ्नो संविधानआफैं लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्रमुलुककानागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले यो गौरवशालीविश्वइतिहास कायम गर्न सफलभएकोमा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमाहार्दिक बधाई एवम् शुभकामनाव्यक्तगरे ।
    यो संविधानले हामीलाई लोकतन्त्रदिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मानप्राप्त गरेका छौं भन्दै राष्ट्रपतिपौडेलले यो संविधानले हामीलाई संघीयतादिएको छ, अधिकार सम्पन्न स्थानीयतहदिएको छ र केन्द्रको अधिकार गाउँगाउँसम्म पु¥याउने अवसर दिएको बताए । ‘एकात्मक र केन्द्रिकृत शासनप्रणालीको बदलामाप्राप्त संघीयताहाम्रालागि संविधानले दिएको महत्वपर्ण उपहार हो, त्यसैले संघीयलोकतान्त्रिकगणतन्त्र साकार पारौं’ उनले भने ।
    लोकतान्त्रिकनिर्वाचनकामाध्यमबाटजनप्रतिनिधिछनौट भइअहिले संविधानतःतीनैतहका सरकारहरू क्रियाशील रहेको र सरकारमार्फत हामी एक नयाँभविष्यको यात्रामाआवद्धभएकाछौं, संविधानले प्रदान गरेका यीमहत्वपूर्ण उपलब्धिहरू भएको उनको भनाई छ ।
    उनले भने,‘त्यो यात्रामुख्यतः नेपालीनागरिकले परिवर्तनकाआन्दोलनमा देखेका सपनाहरू पूरा गर्ने नयाँआशा, अपेक्षा र विश्वास सहितको गौरवमययात्राहुनुपर्छ भन्ने पनिमलाई लाग्छ, अतः यो हाम्रो पुस्ताको काँधमाआएको महत्वपूर्ण जिम्मेवारी पनिहो भनेर हामी सबैले बुझ्नुपर्छ, यो जिम्मेवारी पूरा गर्न एउटालक्ष्यसहितअघिबढ्न आजहामी दृढ भएर संकल्प गरौं’
    उनले संविधानमार्फत यो राष्ट्र निर्माणको समय हो र यसकालागिहामीले राज्यको आवधिक र दीर्घकालीनलक्ष्यनिर्धारण गर्न आवश्यक छ भन्नेमा जोडदिए ।
    उनले भने,‘जुनलक्ष्य, हामी सबै नेपालीको साझालक्ष्यबनोस्, जुनलक्ष्य, हाम्रा सबै राजनीतिकदलहरूको साझालक्ष्यबनोस्, जुनलक्ष्य, हाम्राप्रत्येक युवाहरूको साझालक्ष्यबनोस् र त्यसले हामी सबैलाई एकतावद्धभइअगाडिबढ्न प्रेरित गरोस ।’
    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपीशर्मा ओली, प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराजघिमिरे, राष्ट्रिय सभाकाअध्यक्ष नारायणदाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिकनिकायकाप्रमुख, कुटनीतिकनियोगकाप्रमुखएवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी तथा समाजकाविभिन्न क्षेत्रकालब्धप्रतिष्ठितमहानुभावतथा सर्वसाधारणको उपस्थितिथियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुतिप्रदर्शन गरेको थियो ।



    sancharchautari sancharchautari    
  • ३ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP