logo
  • २ असार २०८३, मंगलवार | Tue, 16 Jun 2026
  • Dark Mode

          Subscribe

    डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

    डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

    ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।

    काठमाडौं महानगरपालिका- ७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् । हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।



    sancharchautari sancharchautari    
  • २ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP