logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    सानो उमेर, ठूलो सोचः बाढीपीडितको सहयोगमा कक्षा–७ का सक्षम

    सानो उमेर, ठूलो सोचः बाढीपीडितको सहयोगमा कक्षा–७ का सक्षम

    काठमाडौँ । LRI School मा कक्षा–७ मा अध्ययनरत सक्षम सिंह ठकुरी सानै उमेरमा सामाजिक सेवामा सक्रिय भएर उदाहरणीय काम गरेका छन्।

    काठमाडौँदेखि नुवाकोटको देवीघाट र बाहुनबेसीसम्म पुगेर बाढीपीडितहरूको अवस्थाबारे जानकारी लिएका सक्षमले आफ्नो क्षमताले भ्याएसम्म श्रम तथा आर्थिक सहयोग गरेका छन्।

    बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका पीडितलाई आवश्यक सामग्री वितरणमा समेत उनले सक्रिय सहभागिता जनाएका छन्। सानै उमेरमा विद्यालयमा पढ्दै गरेका सक्षमका लागि यो काम सामान्य भने होइन। अहिलेका बालबालिका आफ्नो खेलकुद, मनोरञ्जन र व्यक्तिगत खुसीमा व्यस्त भइरहँदा सक्षम भने अरूको दुःखमा साथ दिन र पीडितको अनुहारमा खुसी ल्याउन घरबाट निस्किएका हुन्।

    देवीघाट र बाहुनबेसी पुगेर उनले राहत सामग्री वितरणमा सहयोग गर्नुका साथै पीडितहरूसँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्था बुझ्ने प्रयास गरेका छन्। आफ्नो उमेर र क्षमताले भ्याएसम्म सामाजिक काममा जोडिनुपर्छ भन्ने भावना बोकेका सक्षमको यो प्रयासले समाजमा सकारात्मक सन्देश दिएको छ।

    सानै उमेरमा आफ्नै खुसीका लागि होइन, अरूको खुसीका लागि हिँडिरहेका सक्षमको यो अभियान धेरैका लागि प्रेरणाको विषय बनेको छ। “उमेर सानै छ, तर सोच निकै ठूलो।

    कक्षा–७ मा पढ्ने सक्षम सिंह ठकुरी आफ्नै खुसी छाडेर बाढीपीडितको दुःखमा मलम लगाउन काठमाडौँदेखि नुवाकोटको देवीघाट र बाहुनबेसीसम्म पुगेका छन्। आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएका सक्षमको यो सामाजिक अभियान अहिले प्रेरणाको विषय बनेको छ।”



    sancharchautari sancharchautari    
  • २८ भाद्र २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP